logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • महाधिवेशनको पूर्वसन्ध्या सम्म मिलेन एमाले महोत्तरीको प्रतिनिधि चयन विवाद

    महाधिवेशनको पूर्वसन्ध्या सम्म मिलेन एमाले महोत्तरीको प्रतिनिधि चयन विवाद

    3.8K
    Shares

    महोत्तरी  । नेकपा एमालेको १०‌औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेको छैन । महोत्तरीको निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेको हो । 

    निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महत्तोलाई सर्वसम्मत प्रतिनिधि चयन गरेको एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।

    जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । सबैसँग सल्लाह गरेर नै सर्वसम्मतीमा नाम पठाइएको भए पनि अहिले विवाद चुलीएको उनको भनाइ छ ।  अर्को पक्षले भने इन्चार्ज बलाम्पाकीले कोठे निर्णय गरेको आरोप लगाएका छ । उनको निर्णयमा असहमति हुँदाहुँदै जबर्जस्ती पेलेर जान खोजेको उनीहरूको आरोप छ ।

    इन्चार्ज बलाम्पाकीले पठाएको नामलाई भने निर्वाचन आयोगले सदर गर्दै निर्वाचित भएको प्रमाणपत्र पठाएको छ । प्रमाणपत्र पाएपछि प्रतिनिधिहरूले धमाधम फेसबुकमा आफू निर्वाचित भएको घोषणा गरिरहेका छन् । अध्यक्ष रामदयाल मण्डलले कार्डलाई लिएर उत्सव नमनाउन आग्रह गर्दै उक्त कार्ड वैधानिक नभएको बताएका छन् ।

    माओवादी केन्द्रबाट एकता प्रक्रियामा नेकपा एमाले रोजेका टेकबहादुर बलाम्पाकीले सहमति जुटाउन नसकेपछी आफुखुसी नाम राखेर पठाएको नेताहरूको आरोप छ ।  बलाम्पाकीले कतिपय संगठनमा आबद्ध नभएका व्यक्तिलाई समेत प्रतिनिधि चयन गरेकोमा आफूहरुको असहमति रहेको नेता सन्त परियारले बताए ।
    प्रतिनिधि चयन भएको भन्दै प्रमाणपत्र जारी गर्ने जिल्लामा गठन गरिएको निर्वाचन आयोगप्रति पनि रामदयाल पक्षले आपत्ती जनाएका छन् । केन्द्रबाट छनोट भएको निर्वाचन अधिकृतले प्रमाणीकरण गर्नुपर्नेमा जिल्लाबाट निर्वाचन समितिका उद्धव क्षेत्रीले मनपरी ढङ्गले वितरण गरेको उनिहरुको आरोप छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend