logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • डा डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ प्रधानमन्त्री देउवाले गरे लोकार्पण

    डा डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ प्रधानमन्त्री देउवाले गरे लोकार्पण

    6.8K
    Shares

    काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ नामक पुस्तकको विमोचन गरेका छन् ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको माध्यमबाट नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा मदत पु¥याउने विश्वास व्यक्त गर्दै किताबमा उल्लेखित राम्रा पक्षहरुलाई कांग्रेसमा लागू गर्न पहल गर्ने बताए ।

    प्रधानमन्त्री देउवाले लेखक संग्रौलाले महिला हक हितको लागि सदैव आवाज उठाएकाले कांग्रेसको लोकप्रिय नेतृ बन्न सफल भएको भन्दै लेखक संग्रौलाको प्रशंसा समेत गरे ।

    लेखक संग्रौलाले राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको मुल मर्ममा टेकेर कांग्रेस भित्रका कमी कमजोरीलाई केलाउदै कांग्रेसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा पाटी पंक्तिभित्र तथा बाहिर व्यापक बहस सिर्जना गर्ने उदेश्यले उक्त पुस्तक लेखेको बताए । संग्रौलाले आउदै गरेको १४ औँ महाधिवेशनमा उक्त पुस्तकलाई एजेण्डा बनाएर लैजाने लक्ष्य लिएको जानकारी दिए ।

    पुस्तकमा कांग्रेसको संक्षिप्त परिचय, कांग्रेसको संद्धान्तिक स्पष्टता, कांग्रेसको अबको बाटो, जनताले चाहेको अबको कांग्रेस र १४ औँ महाधिवेशनको एजेण्डाहरु लगायत आठ उपशिर्षकमा पुस्तक बाँडिएको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend