logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश २ को अधिवेशन डाकिदै, राजधानीको नाम पारित हुन सक्ने

    प्रदेश २ को अधिवेशन डाकिदै, राजधानीको नाम पारित हुन सक्ने

    3.1K
    Shares

    जनकपुर । प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो ।

    प्रदेश २ मा चार दलीय गठबन्धन सरकार गठन भएपछि प्रथम पटक प्रदेशसभा अधिवेशनको आह्वान गरिएको छ । जनता समाजवादी पार्टीको नेतृत्वको प्रदेश २ सरकारलाई दुई तिहाईभन्दा बढी प्रदेश सभासदको समर्थन छ । जसपाको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र गठबन्धन सरकारमा सहभागी छन । गठबन्धन दलहरुबीच भने प्रदेशको नाम र राजधानीको विषयमा सहमति हुन बाँकी छ ।

    यसअघि नै जसपाले प्रदेशको नाम मधेश प्रदेश र जनकपुरधामलाई स्थायी राजधानी प्रस्ताव गरेको थियो । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सातौं अधिवेशनमा समर्थन जनाइसकेको छ । गठबन्धनमा सहभागी दलहरुमध्ये तत्कालनी विपक्षी दलको भूमिकामा रहेका नेपाली काँग्रेस प्रदेशको नाम मिथिला–भोजपुरा राख्ने अडानमा छ । विगतमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशको विपक्षमा रहेपनि यस पटक पक्षमा रहने अनुमान गरिएको छ । विगतको अधिवेशनदेखि नै नेकपा ९एमाले० मधेश प्रदेशको पक्षमा छ ।

    प्रदेशको राजधानी जनकपुरधामलाई बनाउने लगभग सबै दलहरु सहमत नै देखिएकाले आठौं महाधिवेशनबाट राजधानी पारित हुन सक्ने आँकलन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend