logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • डानको चौथो साधरण सभा सम्पन्न, कौशल कुमार पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    डानको चौथो साधरण सभा सम्पन्न, कौशल कुमार पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    6.1K
    Shares

    काठमाडाै‌ । डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसन नेपाल (डान) को नयाँ कार्य समिति चयन भएको छ । बुधबार  ललितपुरको खुमलटारमा डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसन नेपालका अध्यक्ष डा. सूर्य प्र. पौडेलको अध्यक्षतामा सम्पन्न भएको चौथो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । 

    २ वर्षे कार्यकालको लागि  कौशल कुमार पौडेल सभापति रहेको २५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । प्रथम उपसभापतिमा यादव पद्धयोती, द्वितीय उपसभापतिमा डा. कृष्ण प्रसाद तिम्सिना र महासचिवमा . मनिता थापा निर्वाचित भएका छन् भने  भने सचिवमा डा. चन्द्र ढकाल, र रोशन अधिकारी रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा सोमा कुमारी राना तथा सदस्यहरुमा  सुदिप कुमार दाहाल,  रामहरी तिमिल्सिना, डा. अमित तिमिल्सिना, डा. सरोज चौधरी, श्री सन्तोष खनाल, श्री सरोज रेग्मी चयन भएका छन् । 

    प्रदेश संयोजकको रुपमा प्रदेश नं. १ बाट डा. संजय कुमार यादव, प्रदेश नं. २ बाट डा शिबनाथ महतो, बाग्मति प्रदेशबाट  झलकनाथ कडेंल, गण्डकी प्रदेशबाट  कुल प्रसाद तिवारी, लुम्बिनी प्रदेशबाट नबराज भण्डारी, कर्णाली प्रदेशबाट रविन धिताल र सुदुरपश्चिम प्रदेशबाट गोबिन्दराज जोशी निर्विरोध निर्बाचित भए ।

    साधरणसभामा नेपाली काँग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री  शेरबहादुर देउवाको शुभकामना सन्देश पढेर सुनाईएको थियो भने नेपाली काँग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेल, माननीय गृह मन्त्री  बालकृष्ण खाँड, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कृषि तथा जलश्रोत समितिका पुर्व सभापति श्री गगन कुमार थापाले शुभकामना सम्बोधन गरेका थिए । 

    डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसियसन नेपाल (डान)
    प्रेस विज्ञप्‍ती
    २०७८।०८।०८

     
    “डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएशन—नेपाल” (डान)लोकतन्त्रमा आस्था राख्‍ने कृषि विज्ञहरुको संगठन हो । यस संस्था विशेषतः कृषि बिज्ञान, पशु बिज्ञान, खाद्य प्रविधि र ग्रामिण विकाससंग सम्बन्धित अध्ययन, अनुसन्धान, अभ्यास र अनुभवमा आधारित प्राज्ञिक तथा नीतिगत वहस एवं संवाद गरी सशक्त र विश्‍वसनीय पोलिसी थिंक टयांक (Policy Think Tank) को रुपमा कृयाशील छ । 

    डानले कृषिक्षेत्रमा कृयाशिल लोकतान्त्रिक विज्ञहरुलाई गोलवद्ध गरी नेपालको राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउदै आएको छ। कृषि क्षेत्रलाई उत्पादनशील, व्यावसायिक, सम्मानजनक तथा रोजगारमूलक बनाई गरिवी निवारण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवर्द्धन तथा औद्योगिक विकासका माध्यमबाट दिगो एवं बृहत्तर आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्नमा कृषि विकासका प्रयासहरुलाई अझबढी प्रभावकारी एवं समयसापेक्ष बनाउदै आम नेपाली कृषक तथा उद्यमीहरुको हित प्रवर्द्धनमा टेवा दिई देशको समग्र विकासमा थप योगदान पुर्याउने अठोट सहित कार्य गरिरहेको छ ।

    अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्र राष्‍ट्रिय सुरक्षा, सार्वभौमिकता र संप्रभुता संग समेत जोडिएको छ।यस अर्थमा कृषि विकासका बहुआयामिक अवयवहरुको विश्‍लेषण गर्दै विद्यमान भुराजनीतिक परिवेस, प्राकृतिक प्रकोप, बढ्दो जलवायू परिवर्तनका चुनौती र कोभिड १९ जस्ता महामारीबाट आउन सक्ने चुनौतीहरुको सामना गर्न अनुमान योग्य र तथ्यमा आधारित नीति तर्जुमामा योगदान गर्न डान कृयाशिल रहने छ।डानले बदलिदो विश्‍व परिवेसमा राज्यले अवलम्वन गरेको हरित, उत्थानशील र समावेसी विकासलाइ सवलीकरण गर्न तिनै तहका सरकार, किसान, सहकारी, नीजि क्षेत्र तथा नागरिक समाजसंग हातेमालो गर्दै अघि बढ्नेछ।
     

    सहयोग र सहकार्यको लागि धन्यवाद सहित 
    डा.सूर्य पौडेल
    सभापति

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend