logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • प्रमोद र ज्योतीको ‘खै कसरी’सार्वजनिक

    प्रमोद र ज्योतीको ‘खै कसरी’सार्वजनिक

    6K
    Shares

    काठमाडाैं।  गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । 

    प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरुङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका छन् ।

    गीतको भिडियोमा मोडल नम्रता सापकोटा, बिकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यले निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

    राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् ।

    गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा लगायतका गीत बजारमा आइसकेका छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend