logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • अमेरिकामा छायांकन गरिएको पूर्ण लम्साल अभिनित ‘चोखो माया’ सार्वजनिक

    अमेरिकामा छायांकन गरिएको पूर्ण लम्साल अभिनित ‘चोखो माया’ सार्वजनिक

    4.7K
    Shares

    काठमाडौं ।  व्यवसायी एवम् मोडल पूर्ण लम्साल आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चोखो माया’को साथमा आएका छन्। अमेरिकामा बसेर कलाकारितामा सक्रिय लम्साल अभिनित यो पाँचौ म्युजिक भिडियो हो।

    रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक  रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ।  रवि मल्लको शब्द रहेको यस गीतलाई  नविन कार्कीले   संगीतवद्द गरेका हुन्।  गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

    अमेरिकामा छायांकन गरिएकोमा कस्मेटोलोजिस्ट र अन्तराष्ट्रिय बिजिनेसमा मास्टर्स गर्दै गरेकी बिष्णु मिश्र र पूर्ण लम्साल विचको अन्स्क्रिन रोमान्स प्रस्तुत गरिएको छ। शैलेश घलेले छायांकन गरेको  भिडियोलाई   बिष्णु खड्काले  सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend