logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • शिकार खेल्न हिँडेका युवकको गोली लागेर मृत्यु, एक जना पक्राउ

    शिकार खेल्न हिँडेका युवकको गोली लागेर मृत्यु, एक जना पक्राउ

    7.9K
    Shares

    तनहुँ । तनहुँमा गोली लागेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका(१ थप्रकेका १७ वर्षीया रोहित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो । 

    शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए । 

    ‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको बन्दुक पड्किएको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,  खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ । 

    दुई जना मात्र शिकार खेल्न गएकाले घटना रहस्यमय हुन सक्ने स्थानीयको अनुमान छ  । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend