logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

    राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन

    2.4K
    Shares

    न्युयोर्क । अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । 

    राष्ट्रपति जो बाइडनले डोलको निधनप्रति गहिरो संवेदनना व्यक्त गरेका छन् । डोल आफूले इतिहासमा विरलै देखिएका राजनीतिज्ञ भएको राष्ट्रपति  बाइडेनले टिप्पणी गरेका छन् । पूर्व सैन्य अधिकारीसमेत रहेका डोल विश्वयुद्धका समयमा झन्डै मारिएका थिए । 

    क्यानसस राज्यबाट प्रतिनिधित्व गर्दै उनी लामो समय सिनेटर बनेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामाले डोललाई युद्ध नायकको संज्ञा दिएका छन् । 
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend