logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • बैतडीमा अन्तरपालिका भलिबलको आयोजना

    बैतडीमा अन्तरपालिका भलिबलको आयोजना

    4.4K
    Shares

    बैतडी । बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।  

    आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष(अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ । उपाधि जित्ने टोलीले रु एक लाख १० हजार १०१ र कप मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिताका संयोजक सागर भण्डारीले जानकारी दिए ।  

    यस्तै द्वितीय पुरस्कार रु ७५ हजार १०१ र कप मेडल तथा प्रमाणपत्र, तृतीय पुरुस्कार रु ५० हजार १०१ सहित कप, मेडल तथा प्रमाणपत्र राखिएको छ भने सान्त्वनालाई पुरस्कार रु ३० हजार १०१ कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।   

    पञ्चेश्वर–३ को कुलाउमाविको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय  खेलाडीले भने सहभागिता जनाउन नपाउने जनाइएको छ । पुस ३ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताशुल्क रु पाँच हजार १०० तोकिएको छ । यसैबीच गाउँपालिकाले माविस्तरीय महिला भलिबलसमेत आयोजना गरेको छ ।  उक्त प्रतियोगिता पुस १ देखि सुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend