logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • कप्तान भरत खवासको गोल नै निर्णायक 

    कप्तान भरत खवासको गोल नै निर्णायक 

    2.4K
    Shares

    काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले निर्णायक गोल गरे । खेलको ८५ औं मिनेटमा कप्तान भरतले निर्णायक गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । यस जितसँगै आर्मीले ३ खेलमा ५ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा उक्लिएको छ ।

    ब्रिगेड ४ अंक जोडेर सातौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच भरत खवास चुनिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend