logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न प्रदेश सरकार सक्रिय

    नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न प्रदेश सरकार सक्रिय

    2.4K
    Shares

    महेन्द्रनगर । सुदूरपीश्चम प्रदेश सरकारले नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पूर्व तयारी थालेको छ । भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको हो । 

    आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । 
    सुदूरपीश्चम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले यहाँका अस्पताल व्यवस्थापनमा जोड दिनाका साथै भेन्टिलेटर, सघन उपचार कक्ष, अक्सिजनलगायतका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

    स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापनलाई पनि जोड दिइएको छ । स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले यहाँका सीमानाका भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन्छ र शङ्कास्पद देखिएका बिरामीलाई क्वारेन्टिनमा राख्ने तयारीसमेत भइरहेको उनले बताए ।

    त्यसैगरी सुदूरपश्चिमबाट कोभिड–१९ को प्रजाती पत्ता लगाउन यहाँबाट नमूना सङ्कलन गरेर काठमाडौँ पठाउने काम भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend