logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • उपनिर्वाचनसम्म पाँच दलीय गठबन्धनभित्र तालमेल गरेर जाने: अध्यक्ष नेपाल 

    उपनिर्वाचनसम्म पाँच दलीय गठबन्धनभित्र तालमेल गरेर जाने: अध्यक्ष नेपाल 

    2.3K
    Shares

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति गरेको बताएका छन् । उनले पाँच दलीय गठबन्धनभित्र आगामी उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति भएको दाबी गरेका हुन् । 

    यो देशमा गठबन्धनको संस्कार बसेकाले यो तालमेल आगामी चुनावसम्म नटुटनेमा ढुक्क हुन अध्यक्ष नेपालको आग्रह छ ।
    विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीसँग, गठबन्धन भित्रका दल आगामी उपनिर्वाचनसम्म चुनावी तालमेल गरेर अगाडि जाने लिखित सहमति भइसकेको बताएका छन् । गठबन्धनको सरकार निर्माण हुने अवस्था देखिएका धेरै स्थानमा सम्भव भएका सिटहरुमा दाबा गर्नुपर्छ भन्नेमा हाम्रो निष्कर्ष रहेको छ, मिलेरै जाँदामात्र देशमा अब गठबन्धनको सरकार बन्नेपनि अध्यक्ष नेपालले बताए ।

    अध्यक्ष नेपालले ०७४ सालको चुनावमा गठबन्धन गरिएको स्मरण गर्दै प्रश्न गरे, यतिबेला दलहरुले तालमेल गरेर चुनावमा होमिदा ठिक हुने तर अहिले यही तालमेल गरेर चुनावमा जाने भन्दा नाजायज हुन्छ रु भने प्रतिप्रश्न समेत गरे ।  अध्यक्ष नेपालले अर्ली इलेक्सनको सम्भावना भने अहिलेनै नभएको बताए । प्रमुख प्रतिपक्ष एमालेप्रति लक्षित गदै अध्यक्ष नेपाललले भने, ‘आजै चुनाव हुन्छ र पार लगाउँला भनेर कसै–कसैले सपना देखेका छन् ।’ त्यो विपनामा परिणत हुने अवस्था छैन ।’

    अध्यक्ष नेपालले न्यायलयभित्र देखिएको समस्या सावधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गरी  रहेको बताए । तर प्रधानमन्त्री देउवा पार्टीको महाधिवेशनका कारण आन्तरिक काममा ब्यस्त हुँदा न्यायलयको समस्या सावधान गर्ने बारेमा विलम्ब हुन गएको बताए । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने विषयमा गठबन्धन दलहरुबीच अहिलेसम्म छलफल नभएको बताए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend