logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पूर्वी पहाडी जिल्लाहरुमा लोप हुँदै परम्परागत ‘कोल’

    पूर्वी पहाडी जिल्लाहरुमा लोप हुँदै परम्परागत ‘कोल’

    8.4K
    Shares

    विराटनगर  ।  प्रदेश १ का समग्र पहाडी जिल्लामा परम्परागत तेल र उखु पेल्ने कोल लोप हुन थालेका छन् ।  यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला  स्थानीयको तेल र उखु पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित  कोल एकपछि अर्को गर्दै लोप हुन थालेका हुन् ।

    बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल  र चिनी गाउँमा सजिलै पाइन थालेपछि स्थानीयले कोललाई बेवास्ता गर्दै  आएका छन् । भनेको बेलामा जहाँ पनि तेल र चिनी पाउन थाले पछि  दिनभरिको मेहनत लगाएर कसले कोल पेली रहन्छ भन्दै भएका कोलहरु पनि प्रयोग नभएका पाँचथलका मिलन सुब्बाले बताए  ।  तेलका लागि कोल लोप हुँदै गएकोप्रति बूढापाका चिन्तित हुन थालेका छन् । पहाडी जिल्लामा विशेष तेल र सख्खरका लागि ताेरी र उखु खेती गरिन्थ्यो । अहिले तोरी खेती त कतै कतै देिखए पनि उखु खेतीमा  स्थानीय किसानको चासो दिनहुँ घट्न थालेको देखिन्छ । 

    कुनै बेला आधा जमीनमा तोरी लगाउने ठाउँमा पछिल्लो समय जमिन बाँझाे रहन थालेकाे छ ।   तेल र चिनी सहजै पाउन थालेपछि किसान तोरी खेती गर्न छोडेका ओखलढुंगाका पहलमान खड्काकाे भनाइ छ  ।  बजार तथा विद्युत् भएका ठाउँमा तेल पेल्ने आधुनिक मेशिन अर्थात् मिल आएपछि परम्परागत कोल विस्थापित भएको उनको बुझाइ छ ।  विगतको समयमा हरेक गाउँमा दर्जनौंको सङ्ख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका एक दुई वटा कोल पनि विस्तारै लोप हुँदै जाने क्रममा रहेका छन् ।

    कोलमा तेल पेल्नका लागि बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको स्थानीयको बुझाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend