logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • अवैध बैंकिङ कारोबार गर्ने पक्राउ

    अवैध बैंकिङ कारोबार गर्ने पक्राउ

    2.6K
    Shares

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१० बाट अवैध बैंकिङ कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।  चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरको हो । 

    नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको थियो ।

    ठगी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैले नेपाल राष्ट्र बैंकको नक्कली इजाजतपत्र तयार गरेको प्रारम्भिक अनसन्धानबाट खुल्न आएको छ । तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

    दैलेखको आठबीस नगरपालिका–७ घर भई हाल भरतपुर–७ बस्ने वर्ष २७ का तिमिल्सेनालाई यही मङ्सिर ६ गते नै पक्राउ गरिएको थियो । उनलाई चितवन जिल्ला अदालतबाट आइतबार म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend