logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    शिक्षाको गुणस्तर वृद्धि गर्न सरोकारवालाको चासो आवश्यक छ: मुख्यमन्त्री पोखरेल

    शिक्षाको गुणस्तर वृद्धि गर्न सरोकारवालाको चासो आवश्यक छ: मुख्यमन्त्री पोखरेल

    2.9K
    Shares

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताएका छन् । उनले आज आयोजित तनहुँको भानु नगरपालिको कार्यक्रमका साथ शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक भएको बताएका हुन् । 

    तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको आज आयोजित २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सबैको चासो भए मात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गरे ।

    शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षक सबैको चासो र चिन्तन आवश्यक रहेकामा मुख्यमन्त्री पोखरेलले जोड दिए । उनले सबै विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले शिक्षालाई नगरपालिकाले प्राथमिकता दिएको बताए । वार्षिकोत्सवका अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कार वितरण गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend