logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • इङ्लिस प्रिमियर लिग : चेल्सीले लेस्टर सिटीलाई हरायो

    इङ्लिस प्रिमियर लिग : चेल्सीले लेस्टर सिटीलाई हरायो

    1.7K
    Shares
    इङ्लिस प्रिमियर लिग : चेल्सीले लेस्टर सिटीलाई हरायो

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल गएराति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टरलाई ३–१ गोलले हराएको हो ।

    खेलको ११औँ मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

    ३९औँ मिनेटमा पाटसन डाकाले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । तर पहिलो हाफको इन्जुरी समयमा काइ हाभट्र्जले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यस्तै खेलको ७८औँ मिनेटमा माटियो कोभासिसले गोल गरेपछि चेल्सी ३–१ ले विजयी भयो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend