logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई

    एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई

    3.1K
    Shares
    एनआरएनए अध्यक्ष थापाले भेटिन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई

     

    कैलाली । गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेकी छन् । मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा प्रशस्त लगानीको सम्भावना रहेको बताउँदै गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताए ।

    धनगढीमा भएको भेटमा कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपाली संघ स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले प्रदेश सरकारले अघि सारेका परियोजनामा लगानी गर्न एनआरएनए इच्छुक रहेको उल्लेख गरिन् ।

    एनआरएनए अध्यक्ष थापाले प्रदेश प्रमुख देवराज जोशीसँग समेत भेटघाट गरेकी छन् । भेटमा जोशीले गैरआवासीय नेपाली संघले नेपालको प्राकृतिक प्रकोपमा गरेको सहयोगको प्रशंसा गरिन् । भेटमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष नरेन्द्र भाटको समेत उपस्थिति थियो ।–न्युज कारखाना

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend