logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले अछामले बागी उम्मेदवारसहित १४ जनालाई गर्‍याे पार्टीबाट निस्कासन

    एमाले अछामले बागी उम्मेदवारसहित १४ जनालाई गर्‍याे पार्टीबाट निस्कासन

    7.9K
    Shares

    अछाम । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएकाे भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको छ ।

    साँफेबगर नगरपालिका-६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै,साेही नगरपालिका-१ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका-५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका-९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend