logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • कृष्णबहादुर महरा पनि समानुपातिकको सूचीमा

    कृष्णबहादुर महरा पनि समानुपातिकको सूचीमा

    12.4K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । माओवादीको तर्फवाट महराको नाम समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।

    महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए ।

    समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend