logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना भाइरसका कारण चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित

    कोरोना भाइरसका कारण चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित

    20.4K
    Shares

    काठमाडौं । चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

    ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो । एसियन देशका लागि ओलम्पिकपछिको प्रतिष्ठित प्रतियोगिता एसियाली खेलकुदको तयारीमा चीनमा बढिरहेको कोरोना भाइरसले असर गरेको थियो । जसका कारण प्रतियोगिता स्थगित गरिएको हो ।

    प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसिएले जनाएको छ । यो प्रतियोगिताका लागि नेपालले पनि तयारी गरिरहेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय थियो। यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरिएको थियो ।

    एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend