logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • खगेन्द्र संग्रौला कालो काँग्रेस हुने कुरै भएन : गगन थापा

    खगेन्द्र संग्रौला कालो काँग्रेस हुने कुरै भएन : गगन थापा

    3.8K
    Shares
    खगेन्द्र संग्रौला कालो काँग्रेस हुने कुरै भएन : गगन थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् ।

    आईतवार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बाघी लोकपर्ण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् । उनले साहित्यकार संग्रौला आफू सरहका काँग्रेसी नेताहरुको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको उनको भनाइ थियो ।

    महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायबिरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताए । उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बाघी कोही एक व्यक्तिको जीवनमा आधारित नभइ समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटेको पाएको बताए ।

    उनले भने, ‘खगेन्द्र संग्रौला काँग्रेस त हुँदै होइन, त्यसमाथि कालो काँग्रेस हुने कुरै भएन । तर मेरो उमेरसमूहका थुप्रै कालो काँग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनु भयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर संगतको प्रभाव पनि हुन्छ ।’

    महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरु समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend