logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • खसीबोकाको स्वास्थ्य परीक्षण आजदेखि : हरियो स्टिकर खानयोग्य, रातो अयोग्य

    खसीबोकाको स्वास्थ्य परीक्षण आजदेखि : हरियो स्टिकर खानयोग्य, रातो अयोग्य

    5.4K
    Shares
    खसीबोकाको स्वास्थ्य परीक्षण आजदेखि : हरियो स्टिकर खानयोग्य, रातो अयोग्य

    काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा  विभागले  खसीबोकाको  स्वास्थ्य  परीक्षण  गर्न  लागेको  हो ।

    दशैँमा उपभोक्ताको स्वास्थ्यमा नै असर पर्ने अस्वस्थकर खसीबोका कारोबार हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न लागेको पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए । आजदेखि १८ गते नवमीको दिनसम्म ५० जना पशु चिकित्सकको टोलीले  विभिन्न  ठाउँमा  गएर  खसीबोकाको  स्वास्थ्य  परीक्षण  गर्नेछन् । विभागले कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खुु, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्नेछ ।

    खसिबोका आयात हुने मुख्य नाका र कारोबार हुने ठाउँमा स्वास्थ्य परीक्षण गरी स्टिकर लगाइनेछ । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ । यसवर्षको दशैँमा   काठमाण्डौ उपत्यकामा  ५० देखि ६०  हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुुमान छ । गएको वर्ष ५० हजारको हाराहारीमा खपत भएको थियो । दशैँको सप्तमी, अष्टमी र नवमीमा सबैभन्दा धेरै सङ्ख्यामा खसीबोका, भेडाच्याङग्रा बिक्री हुने विभागले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend