logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • जुम्ला (ख)- कर्णालीका बहालवाला भौतिक मन्त्री रोकायालाई एमालेका पछाईको चुनौती

    जुम्ला (ख)- कर्णालीका बहालवाला भौतिक मन्त्री रोकायालाई एमालेका पछाईको चुनौती

    4K
    Shares
    जुम्ला (ख)- कर्णालीका बहालवाला भौतिक मन्त्री रोकायालाई एमालेका पछाईको चुनौती

    काठमाडौं । कर्णाली प्रदेश सरकारका वहालवाला भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई जुम्ला (ख) मा एमालेका युवा नेता टेकराज पछाईले कडा टक्‍कर दिइरहेका छन् ।

    पछिल्लो प्राप्त नतिजा अनुसार सो क्षेत्रमा १७ हजार ८५८ मतगणना भएको छ । जसमा एमाले नेता पछाईले मन्त्री रोकायलाई ९०७ मतान्तरले पछि पारिरहेका छन् ।

    नेकपा (एकीकृत समाजवादी) का जुम्ला जिल्ला इञ्चार्ज समेत रहेका मन्त्री रोकायलाई गठबन्धनको साथ छ । तर पनि रोकाय पछिल्लो नतिजा अनुसार निरन्तर पछि पर्दै आएका छन् । पछाईले ६ हजार ९४५ मत प्राप्त गर्दा रोकायले ६ हजार ३८ मत प्राप्त गरेका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतले ३ हजार २२० मत ल्याएका छन् भने नेमकिपाका विर्षबहादुर रावतले १ हजार १२ मत पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend