logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • भिडियो खिचिरहँदा बर्दियामा चितुवाको आक्रमणबाट ५ जना घाइते

    भिडियो खिचिरहँदा बर्दियामा चितुवाको आक्रमणबाट ५ जना घाइते

    2.5K
    Shares
    भिडियो खिचिरहँदा बर्दियामा चितुवाको आक्रमणबाट ५ जना घाइते

    बर्दिया । ठाकुरबाबा नगरपालिका—९ स्थित बन्तरियमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् ।

    चितुवाको भिडियो खिचिरहेको समयमा बन्तरियाको सडक छेउमा रहेको दलिराम चौधरीको घर नजिकै मकैबारीमा रहेको चितुवाले आक्रमण गरेको थियो ।

    २०/२५ जनाको समूहले भिडियो खिचिरहँदा चितुवाले एक्कासि आक्रमण गर्दा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार चितुवाको आक्रमणबाट ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनी, ३० वर्षीय सोमप्रसाद थारु, ४० वर्षका सोहराम थारु, ४० वर्षिय रामदास चौधरी र २८ वर्षीय चन्द्र बोगोटी सामान्य घाइते भएका छन् ।

    उनीहरुको स्थानीय मेडिकलमा उपचार भइ घर फर्केका छन् । घटनालगतै निकुञ्जबाट आएको टोलीले चितुवालाई नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिएको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend