logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • राहदानी विभाग, यातायात कार्यालय र मालपोत कार्यालयलाई व्यवस्थित गरौँः सांसद पाण्डे

    राहदानी विभाग, यातायात कार्यालय र मालपोत कार्यालयलाई व्यवस्थित गरौँः सांसद पाण्डे

    1.2K
    Shares
    राहदानी विभाग, यातायात कार्यालय र मालपोत कार्यालयलाई व्यवस्थित गरौँः सांसद पाण्डे

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् ।

    मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारको जवाफ माग गरेका हुन् ।

    उनले यी क्षेत्रहरुमा समयमै ध्यान नपुर्‍याए कुनैपनि बेला दुर्घटना हुनसक्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सुशासनको विषयलाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।

    उनले भने, ‘यो सुशासनसँग सम्बन्धित समिति हो, सबैभन्दा बढी सुशासनले नै छुनेकुरा हो । राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयमा धेरै भीड हुने गरेको छ, यी क्षेत्रमा कुनैपनि बेला ठूलो दुर्घटना हुनसक्छ, अनलाइन प्रणालीबाट व्यवस्थापन गर्ने कुरा भइरहेको छ, यसमा भीड घटाउनुपर्छ, सुशासनको क्षेत्रमा परेका विषय हामीले महत्वपूर्ण ध्यान दिनुपर्छ । संसदीय समितिले दिएका निर्देशन निर्देशन दिने कुरामा धेरै सोचेर दिऔँ, दिएपछि कडाइका साथ लागू गरौँ ।’

    सांसद पाण्डेले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गराउने किसिमबाट दिनुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend