logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : अध्यक्ष लिङ्देन

    विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : अध्यक्ष लिङ्देन

    1K
    Shares
    विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : अध्यक्ष लिङ्देन

    काठमाडौं । सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिदै आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको बताए । यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले जिकिर गरे ।

    अध्यक्ष लिङ्देनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने बताउँदै यसबारेमा बजेटमा सुधार गर्नुपर्ने स्थान रहेको बताए । उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend