logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सामाजिक सञ्जाल चुनावका लागि चुनौती : प्रमुख निर्वाचन आयुक्त थपलिया

    सामाजिक सञ्जाल चुनावका लागि चुनौती : प्रमुख निर्वाचन आयुक्त थपलिया

    5.8K
    Shares

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् । देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताए ।

    उनले दलका मुद्दाका बारेमा नागरिकमाझ बहस चलाउने जिम्मेवारी मिडियाको हो भने कुनै पुर्वाग्रह नराखी पुरा गर्नुपर्ने बताए । उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गरे । उनले राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने बताए । सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने उनको भनाइ छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशत भन्दा कम गराउन प्रयास गर्ने पनि बताए । अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले य यो सुखद कुरा रहेको बताए । निर्वाचनमा पैसा पराजित भएर विचार विजयी हुनु पर्ने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend