logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सिटी एक्सप्रेस र एस् बी आई बैंक बिच रेमिटान्स सम्झौता

    सिटी एक्सप्रेस र एस् बी आई बैंक बिच रेमिटान्स सम्झौता

    7.2K
    Shares

    काठमाडौंं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एस् बी आई बैंक बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एस् बी आई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार नेपाल एस् बी आई बैंक को रेमिटान्स सिस्टम बाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजार भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुनुका साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिटान्स नेपाल एस् बी आई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।

    यस सम्झौताले ग्राहकले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बैंकले विश्वास लिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

    सिटी एक्सप्रेसले देशका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend