logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुरेन्द्र पाण्डेको गगनलाई जवाफ: देउवा डुबे तपाईं पनि डुब्नुहुन्छ

    सुरेन्द्र पाण्डेको गगनलाई जवाफ: देउवा डुबे तपाईं पनि डुब्नुहुन्छ

    1.7K
    Shares
    सुरेन्द्र पाण्डेको गगनलाई जवाफ: देउवा डुबे तपाईं पनि डुब्नुहुन्छ

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको आरोप लगाएका छन्। केन्द्रीय समितिको जारी बैठकमा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको अभिव्यक्तिप्रति इंकित गर्दै यस्तो बताएका हुन् ।

    ‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । त्यो कुन समय र कुन बेला गर्ने हो गरौं ? त्यसमा पाइन्छ । तर, गर्ने कुरालाई भनेर मात्र अतिरञ्जित नगरौं ,’ उनले भने । दलको नेता परिवर्तन सम्भव नभए पार्टीबारे नकारात्मक भ्रम फैलिने गरी अतिरञ्जित कुरा नगर्न उनले आग्रह गरे ।

    ‘कांग्रेस एउटै हो । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ । सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यसलाई पार लाउन हामीलाई चुनौती छ । हामीले सामूहिक रुपमा नै पार लगाउने हो ।’पाण्डेले भने ।

    यस्तै, उनले महामन्त्रीको कार्यतालिका कार्यान्वयन कसले गर्ने हो भन्दै प्रश्न समेत उठाएका छन्। ‘महामन्त्रीको कार्यतालिका राम्रो छ । तर यसको कार्यान्वयन कस्ले गर्छ ?,’ उनको प्रश्न छ, ‘त्यसको टुंगो त्यो कार्यसमितिले गर्नुपर्छ । यो कार्यक्रम लागू गर्ने सभापति हो वा, पदाधिकारी हो वा, कार्यालय हो वा हामी प्रति केन्द्रीय सदस्यको छुट्टाछुट्टै जिम्मेवारी हो ? त्यो पनि प्रस्टताका साथ तोकिनुपर्छ ।’

    प्रस्तुत गरेका कार्यक्रम लागू गर्नुपर्ने भन्दै लागू नभएको दोष अरुलाई पन्छ्याउने प्रवृति अन्त्य हुनेपर्ने उनको भनाई छ । ‘कार्यक्रम प्रस्तावित हुन्छन् । भएका जे भन्छौं हामीले गरेका छौं । नभएका जति हामी भन्छौं सभापतिले गर्नु भएको छैन भनिन्छ,’ उनले भने । यस्तै उनले पुराना पार्टीले केही गर्न सकेनन् भन्ने भाष्य बनाइएको बताउँदै त्यसलाई चिर्न नेताहरु नलागेको बताए ।

    ‘हाम्रा साथीहरु यसलाई क्रस गरेर अगाडि बढेको देखिनँ । २०४८ सालपछि गरेका कामको प्रचार गरौं । महामन्त्रीको प्रस्तावमा प्रशिक्षणको कार्यक्रम अगाडि सार्नुपर्छ ,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend