logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • स्पेनिस ला लिगा फुटबलमा रियलको लगातार दोस्रो जित

    स्पेनिस ला लिगा फुटबलमा रियलको लगातार दोस्रो जित

    5.8K
    Shares
    स्पेनिस ला लिगा फुटबलमा रियलको लगातार दोस्रो जित

    काठमाडौं ।

    रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराएको हो ।

    सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले एक–एक गोल गरे ।

    उता सेल्टाका इयागो आसपासले एक गोल फर्काए । खेलको १४ औं मिनेटमा करिम बेन्जिमा पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ।

    सेल्टाका लागि इयागोले २३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । मोड्रिचले ४१ औं मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

    ५६ औं मिनेटमा जुनियरले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । ६६ औं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

    रियलका लागि खेलको ८७ औं मिनेटमा इडेन हाजार्ड गोल गर्नबा चुके । जितसँगै रियलले २ खेलमा ६ अंक जोडेको छ । पराजित सेल्टाले २ खेलबाट १ अंक जोडेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend