logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • हाइड्रोजन बिक्री गरेरै नेपाललाई समृद्ध बनाउन सकिन्छ  : अर्थमन्त्री शर्मा

    हाइड्रोजन बिक्री गरेरै नेपाललाई समृद्ध बनाउन सकिन्छ  : अर्थमन्त्री शर्मा

    2.5K
    Shares

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका हुन् ।

    उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने जिकिर गरे । नेपालबाट पेट्रोलियम पदार्थको खरिदमा सबैभन्दा बढी डलर बाहिरिरहेको र यसेका कारण व्यापार घाटा बढिरहेको जिकिर गरे ।

    हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्युनिकरण गर्ने दृष्टिकोणले निकै महत्वपूर्ण रहेको मन्त्री शर्माको भनाई छ । यसैमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्राउन पनि सकिने उनले उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend