काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको हो । श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
सीताको आज बिहान ८ः ३३ बजे ६९ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
यसअघि आज बिहान नर्भिक अस्पतालमा परिसरमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरू पुगेका थिए। प्रचण्ड जीवन साथी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका थिए ।