logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • नयाँ योजनाहरु थप गरेर अघि बढन सकिने अवस्था छैन: मन्त्री ज्वाला

    नयाँ योजनाहरु थप गरेर अघि बढन सकिने अवस्था छैन: मन्त्री ज्वाला

    34.8K
    Shares
    नयाँ योजनाहरु थप गरेर अघि बढन सकिने अवस्था छैन: मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरु थप गर्ने पक्षमा नरहेको बताएका छन् ।

    आफ्नो मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटको सिलिङ ५५ अर्व घटेकाले नयाँ योजनाहरु थप गरेर अघि बढन सकिने अवस्था समेत नरहेको उनको प्रष्टिकरण थियो ।

    बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरी उनले मुलुक आर्थिक रुपमा संकटमा भएकाले पनि नयाँ योजनाहरु थप गर्न नसकिने तर्क समेत गरे । आगामी आर्थिक वर्षमा नयाँ योजनामा नजाने तर पुरानै योजनालाई राम्रोसँग सम्पन्न गर्ने आफूहरुको नीति रहेको मन्त्री ज्वालाको भनाई थियो । उनले योजना तय गर्ने विषयमा मन्त्री तथा सांसदहरुको दवावमा आफू नपर्ने पनि बताए ।

    उनले भने, ‘सबै कुरामा हामी कडाईका साथ जान्छौं । सबै जिम्मेवार हुनु पर्छ । मन्त्रीदेखि सबै जना जिम्मेवार बन्ने गरी नै हामी अगाडि बढछौं । कहीँकतै कसैले पनि गल्ती, कमजोरी गर्‍यो भने छुट हुने अवसर हुँदैन । मन्त्रीहरुले, सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा परियोजनाहरु बढिभन्दा बढि घुसाउने होडबाजी हुन्थ्यो होला । अव हामीबाट चाँही जथाभावी आफ्ना क्षेत्रमा मात्रै गर्ने जो प्रवृत्ति छ । एकैचोटी त कसरी अन्त्य गर्न सकिएला । त्यो दवावमा हामी पनि छौं । मैले त अर्थमन्त्रीजीलाई के पनि भनेको हो भने हामी अहिले आर्थिक रुपमा पनि क्राईसेसमा छौं । समस्या छ । बजेटको सिलिङ पनि घटेको छ । ५५ अर्व त हाम्रो नै घटेको छ नि । त्यसैले नयाँ प्रोजेक्टहरुलाई अगाडि बढाउन धेरै गाह्रो छ । यो घटेको सिलिङबाट नयाँ प्रोजेक्ट पनि अगाडि बढाउनु भनेको पुरानालाई मार पार्ने पनि त हो नि । त्यसकारण पुरानालाई चाँही एकदम राम्रोसँगले अगाडि बढाउने किसिमले जाऊ । नयाँ कुनै पनि मन्त्रालयको योजना तर हामी नयाँ प्रोजेक्टमा धेरै नजाने गरी प्रयत्न गरेका छौं । बजेट आएपछि त्यो पनि हेर्न पाउनु हुन्छ ।’

    त्यस अवसरमा मन्त्री ज्वालाले गलत काम गर्ने कर्मचारीहरुलाई आफूले नछोडने चेतावनी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend