रामचन्द्र पौडेल भन्छन्ः नेविसंघको नेतृत्व असक्षम भयो

चितवन,माघ २९-

नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले आफ्नो दायित्व पुरा गर्न नसकेकोले राजिनामा दिएको वताउनुभएको छ । यही माघ १० गते नै समय अवधि सकिइसक्दा पनि एउटा पनि प्रभावकारी काम गर्न नसेकेकोले राजिनामा दिएका र नैनसिंह महरको नेतृत्वमा गरिएका सवै सिफारिसको कुनै अर्थ नरहने उहाँले स्पष्ट पार्नुभयो । आज चितवनको भरतपुर बिमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अव छिट्टै काग्रेसको केन्द्रिय कमिटीले नेविसंघको नयाँ नेतृत्व चयन गर्ने जानकारी दिनुभयो । उहाँले नेविसंघको विधानमा कसैलाई तोकेर चिठ्ठीमार्फत चयन गर्ने परिपाटी नभएको र यसरी काटिने चिठ्ठीको कुनै अर्थ नहुने दावी गर्नुभयो ।

नेता पौडेलले वर्तमान सरकार गतिहिन भएको आरोप लगाउदै जनताको आशा निराशामा परिणत गरेको वताउनुभयो । सरकारको कुनै पनि गति नभएको र विधिमा पनि नचलेको आरोप लगाउनुभयो । काग्रेसले भर्खर मात्रै प्रतिपक्षको भूमिका निर्वाहा गर्न लागेको भन्दै उहाँले संसदमा भएका सदस्यहरुलाई खवरदारी गर्न निर्देशन दिएको बताउनुभयो ।

मङ्ल, माघ २९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस