डाक्टर रामकृष्णको आवाज डा भोला रिजालको शब्द र केकीको अभिनयमा “बिश्वास” एल्बम सार्वजनिक

केही समय अघि “काजिको घोडा ” बोलको गीत गाएर चर्चा कमाएका ईनास ग्लोबल प्रबक्ता डा. रामकृष्ण निरौलाले फेरि यो पटक अर्को साङ्गीतिक कोसेलीको रुपमा नयाँ म्युजिक भिडियो हालै यु ट्युव तथा बिभिन्न मिडियाहरु मार्फत सार्बजानिक गरेका छन । आधुनिक धारमा आधारि यो गीत साङ्गीतीक अनुरागीहरुले मन पराउँने कुरामा डा. निरौला बिस्वत देखिन्छन । डा. भोला रिजालको सरल सब्द तथा नरहरि प्रेमीले सङ्गीत भरेको यस गीतमा डा. निरौलालेको स्वर रहेको छ ।
अष्ट्रेलियाको सुन्दर तथा मनोरम शहर ऐडिलेडमा छयाङ्कन गरिएको यस म्युजिक भिडियोमा नेपाल बाट
अष्ट्रेलिया भ्रमणको क्रम्मा आएकी नेपाली सिने जगतकी चर्चित नायिका के की अधिकारीको मुख्य अभिनय रहेको छ भने पछिल्लो समयमा चर्चा कमाएका गीतकार तथा सङ्गीतकार आर. सि थापाको यस म्युजिक भिडियोमा अभिनय देखिनुको साथै साहायक अभिनेत्रीको रुपमा सोनार श्रेष्ठलाई पनि देख्न सकिन्छ । आर.सी थापाको अभिनय तर्फ यो तेस्रो भिडियो हो । बिल्कुल फरक कथाबस्तुमा यो म्युजिक भिडियो तयार भएको देखिन्छ । केकि अधिकारीको प्रेमीको रुपमा रहेका आर.सी थापाले अर्को केटिसंग लागेको आशंङ्कामा रिसायको आफ्नो प्रेमीका लाई फकाउँन अनेक उपया गर्दा पनि नमाने पछि अन्तिमा गएर बलिउडका चर्चित नायाक गोबिन्दाको मिमिग्री डान्स देखाएर आफ्नो प्रेमीका लाई हँसाएर पट्याएको देख्न सकिन्छ । यस म्युजिक भिडियोमा ग्ल्यामर तथा फो के क्वालिटी भन्दा पनि अभिनयलाई प्राथामिक्ता दिईएको देख्न सकिन्छ । यस म्युजिक भिडियाे लाई आर .सि थापाले नै निर्देश गरेका छन भने बिदुर क्षेत्री तथा निजम केसीको छयाङ्कन रहेको छ । त्यस्तै निजम के.सीलेनै यस भिडियो लाई एडिट गरेका छन भने कलर करेक्सन प्रेम नेपालीले गरेका छन । यस म्युजिक भिडियो लाई पुर्णरूपमा निर्माणको लागि बुमर्‍याङ्ग इन्टरनेशनले प्रायोजन गरेको छ ।

 

हेर्नुहोस सो गीतको म्युजिक भिडियो

शुक्र, बैशाख ६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस