एनसेलले कर नतिरे सम्म एनसेलको सिम प्रयोग नगरौ – डा सुरेन्द्र भण्डारी (भिडियो अन्तरवार्ता)

काठमाडौं, ११ वैशाख । एनसेल एक्जियटाले नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने उदेश्यले पुन सर्बोच्च अदालतमा मुद्दा दायर गरेपछि एनसेलको विपक्षमा बहस गर्दै आएका बरिष्ठ अधिबक्ता डा सुरेन्द्र भण्डारीले कर नतिरेसम्म एनसेलको सिम बहिस्कार गर्ने अभियान थालेका छन् ।

झन्डै ४० अर्व राजस्व बुझाउनु पर्ने एनसेललाई सर्बोच्च अदालतको आदेशले ७ दिन भित्र कर तिर्नु भनेर पत्र काटेको ७ औ दिनमा १४ अर्व मात्र रहेको भन्दै पुन अर्को मुद्दा दायर गरेर पैसा नतिर्ने खेल थालेको भन्दै उनले यस्तो अपिल गरेको बताएका छन्।

मुद्दाको निर्णय हुन समय लागुन्जेलसम्म अर्थात १/२ वर्षसम्म लम्ब्याउने कर नतिर्ने छलकपट र परिपञ्च  भएको उनको दाबी छ।

सामाजिक संजाल मार्फत भिडियो सार्वजानिक गरेर चर्चामा आएका भण्डारीलाई सुनौलो नेपालमा हामीले किन सिम बहिष्कारको अभियान थाल्नुभयो किन एनसेलले राजस्व तिर्न चाहन्न लगाएतका प्रश्न गरेका थियौ हेरौ बरिष्ठ अधिबक्ता डा सुरेन्द्र भण्डारीसंग सुनौलो नेपालमा गरीएको कुराकानीको भिडियो सहित

 

बुध, बैशाख ११, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस