कर असुली नगर्दासम्म एनसेल प्रयोग नगरौ भन्दै बिद्यार्थीले थाले अभियान

काठमाडौं, ११ वैशाख । एनसेल एक्जियटाले नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने उदेश्यले पुन सर्बोच्च अदालतमा मुद्दा दायर गरेपछि एनसेल बहिष्कारको अभियान तिब्र बने संगै अनेरास्ववियु केन्द्रिय कमिटि दबाब कार्यक्रम आयोजना गरेको छ।

कर असुली नगर्दा सम्म एनसेल प्रयोग नगरौ भन्दै उसले बिहान ८ बजे प्रदर्शनी मार्गमा बिरोध कार्यक्रम गरेको हो।

झन्डै ४० अर्व राजस्व बुझाउनु पर्ने एनसेललाई सर्बोच्च अदालतको आदेशले ७ दिन भित्र कर तिर्नु भनेर पत्र काटेको ७ औ दिनमा १४ अर्व मात्र रहेको भन्दै पुन अर्को मुद्दा दायर गरेर पैसा नतिर्ने खेल भएको भन्दै बिभिन्न तहबाट दबाबका कार्यक्रम हुन् थालेका छन् ।

यसै बिषयमा डा सुरेन्द्र भण्डारीसंग गरीएको कुराकानी

बुध, बैशाख ११, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस