नेपालद्वारा मलेसियालाई १४२ रनको लक्ष्य

एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपालले अफ्नो दोश्रो खेलमा मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ।टस जितेर नेपालले ब्याटिंग गर्दै १४१ रन बनाएको छ र मलेसियालाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।ओपनर दिपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गरे। दुवै ओपनर १६ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागी कप्तान बिशाल बिक्रम केसी र ऐश भट्टराईले तेश्रो विकेटको ५३ रनको साझेदारी गरे। ऐश ३४ ( ४२ बलमा ५ चौका ) र बिशाल २८ ( ३० बलमा २ चौका ) बनाएर आउट भए।

चौथो विकेट गुमेपछि नेपालले लगातार विकेट गुमायो। सुवास ऐयर ११, रोहण दुधराज ८, प्रशान्त महत ० र प्रशान्त सिंह ६ र तिलक राज भण्डारी २ रन बनाएर आउट भए।निर्धारित ३५ ओभरको खेलमा नेपालले ३४.५ ओभरमा १४१ रनमा सम्पूर्ण विकेट गुमायो।मलेसियाको लागि सिद्दार्थ कर्थिकले ४ विकेट लिए जुन क्रममा ६ ओभरमा २८ रन खर्चिए। लोकमान नुर हकिम ( ७-०-२९-२ ) र सचिनु हेट्टीगे ( ५-०-२२-२ ) ले २/२ विकेट लिए।

समुह ‘ए’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई पराजित गरिसकेको छ। २० अप्रिलमा सम्पन्न खेलमा म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पुरा गरेको थियो।प्रतियोगितामा मलेसियाले पहिलो खेलमा थाईल्याण्डलाई २६ रनले ( डीएल मेथड ) तथा म्यानमारलाई ८ विकेटले पराजित गरिसकेको छ। समुह ‘ए’ को अंकतालिकामा २ जित सहित मलेसिया शिर्ष स्थानमा रहेको छ। आजको खेल जित्दै नेपाललाई अंकतालिकाको शिर्षमा आउने मौका छ।समुह चरणमा नेपालले अन्तिम खेल भोलि आयोजक थाईल्याण्डसंग खेल्नेछ। नेपालसंगै मलेसिया, म्यानमार र थाईल्याण्ड समुह ‘ए’ मा रहेका छन्। ४ टिमबाट २ उत्कृस्ट टिम सेमीफाइनल पुग्नेछ।

 

 

बुध, बैशाख ११, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस