व्यापक बन्दै एनसेलको सिम प्रयोग नगरौ भन्ने अभियान, जोडिए अदालतका न्यायाधीश देखि बिद्यार्थी संगठन !

काठमाडौं, ११ वैशाख । एनसेल एक्जियटाले नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने उदेश्यले पुन सर्बोच्च अदालतमा मुद्दा दायर गरेपछि एनसेल बहिष्कारको अभियान तिब्र बनेको छ । सर्वोच्च अदालतबाट एनसेलले पुजीगत लाभकर तिर्नुपर्छ भनेर फैसला गरेका न्यायाधीश सुरेन्द्र भण्डारी लगाएत व्यक्तित्वबाट सुरु भएको सो अभियानलाई व्यापक बनाउने क्रममा बिद्यार्थी संगठन पनि आन्दोलनमा उत्रिएका छन् बुधबार बिहान प्रदर्शनी मार्गमा प्रदर्शन गर्दै दबाब दिएको छ ।

यता सामाजिक संजाल ट्वीटर फेसबुक लगाएतका साईटहरुमा पनि प्रयोगकर्ताहरुले #NO_TAX_NO_NCELL लगाएतका ह्याचट्याग प्रयोग गरेका छन् ।झन्डै ४० अर्व राजस्व बुझाउनु पर्ने एनसेललाई सर्बोच्च अदालतको आदेशले ७ दिन भित्र कर तिर्नु भनेर पत्र काटेको ७ औ दिनमा १४ अर्व मात्र रहेको भन्दै पुन अर्को मुद्दा दायर गरेर पैसा नतिर्ने खेल भएको भन्दै बिभिन्न तहबाट दबाबका कार्यक्रम हुन् थालेका छन् ।

बुध, बैशाख ११, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस