राष्ट्रपति भण्डारी चीन प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जे देखियो… (भिडियो) !

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणा र बेइजिङमा हुन लागेको दोस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीनको निस्केकी हुन्।नेपाल वायुसेवा निगमको विमानमाबिहान ११ बजे राष्ट्रपति चीन प्रस्थान गरेकी हुन्। राष्ट्रपतियो यो भ्रमण राजकीय भ्रमण हो।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतले बिदाइ गरेका थिए।गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान ‘चार्टर’ गरेर चीन जान लागेको यो पहिलोपटक हो। यसअघि अघिल्लो वर्ष जुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स ‘चार्टड’ गरिएको थियो।

 

 

बुध, बैशाख ११, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस