को को हुँदैछन नेकपामा पोलिटब्यूरो सदस्य !

काठमाडौं जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपामा पोलिटब्युरो गठन अघि बढेको छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका छन् ।
केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपाको विधानमा व्यवस्था छ । चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ ।

तीन नेताबीच पोलिटब्युरो गठनको मापदण्डबारे करिब सहमति जुटिसकेको छ । केन्द्रीय कमिटीमा दुवै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो बनाउने नेताबीच सहमति छ । पूर्वएमालेलाई ८१ र पूर्वमाओवादीलाई ६६ जना पोलिटब्युरो सदस्य भागबन्डामा परेको छ । जसअनुसार पूर्वएमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरूमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुईपटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ ।

पूर्वएमालेबाट को–को पर्दै छन् पोलिटब्युरोमा ?
पूर्वएमालेबाट सचिवालय र स्थायी समितिमा रहेका नेताहरु पोलिटब्यूरोमा पर्नेछन् । अध्यक्ष केपी ओलीसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, मुुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुभाष नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुजी पन्त, बेदुराम भुषाल, विष्णु रिमाल, रघुवीर महासेठ, अमृत बोहरा, केशव बडाल र पुष्प कँडेल स्वतः पोलिटब्युरो सदस्य हुँदैछन् ।
त्यस्तै, पूर्वपोलिटब्युरो सदस्यमा काशिनाथ अधिकारी, डा. गंगालाल तुलाधार, थममाया थापामगर, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौंलागाई, डा. बिन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रबहादुर पाण्डे, यामलाल कँडेल, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल, श्रीमाया थकाली, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौराप्रसाद कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, दलबहादुर राना, डा. वंशिधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, शत्रुधन महत्तो र शेरधन राई स्वतः सदस्य हुँदैछन् ।
पूर्वएमालेमा ६५ सदस्यीय पोलिटब्युरोमा रहेका गणेश तिमल्सिना राष्ट्रिय सभा अध्यक्षमा, अग्नि खरेल महान्यायाधिवक्तामा, योगनारायण यादव जेलमा र सानुकुमार श्रेष्ठ तीन नम्बर प्रदेश सभाको सभामुख पदमा रहेकाले रिक्त स्थानसहित बाँकी २० सदस्य नयाँ अनुहारबाट पदपूर्ति गर्नुपर्नेछ ।
पूर्वएमाले समूहबाट पूर्ति गर्नुपर्ने बाँकी २० सदस्यमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट चयन गर्ने तयारी छ । यो मापदण्डअनुसार करिब ३० जना पूर्वएमालेका नेता पोलिटब्युरोका लागि दाबेदार देखिएका छन् र त्यसमध्ये केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गोमा देवकोटा, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, राजेन्द्र राई, देवराज घिमिरे, डा. विजय सुब्बा, वैजनाथ चौधरी, ममता गिरी, राधाकृष्ण मैनाली, विरोध खतिवडा, शेरबहादुर तामाङ, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेललगायत नेता नयाँ अनुहारका रूपमा दाबेदार छन् ।

पूर्वएमालेमा जिल्ला तहको नेतृत्व छान्दा ओली र नेपाल समूहबीच तनाव देखिएको थियो । तर, पोलिटब्युरो कमिटीमा भने पूर्वसमूहको वरिष्ठतालाई नै आधार बनाएका कारण असमझदारी देखिएको छैन । एक–दुई दिनभित्रै केन्द्रीय सचिवालय बैठकबाट पोलिटब्युरो सदस्य चयन गरिसक्ने नेकपाको तयारी छ ।

उपगुट मिलाउन पूर्वमाओवादीभित्र सकस
तत्कालीन माओवादीका ९९ सदस्यीय सचिवालयमा वरियतामा अघि रहेकामध्ये अध्यक्ष पुष्पकमल दाहालसहित नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत नेकपाको पोलिटब्युरोमा स्वतः समेटिनेछन्  ।

त्यस्तै, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुषाल, नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, मणि थापा, जयपुरी घर्ती, तिलक परियार, लिलामणि पोखरेल, दिननाथ शर्मा, हितराज पाण्डे, लेखराज भट्ट, विश्वनाथ शाह, डिलाराम आचार्य, उर्मिला आचार्य, श्रीराम ढकाल पोलिटब्युरो सदस्य बन्नेछन् ।
त्यस्तै, वरियतामा अघि रहेका प्रभु शाह, टंक राई, गणेश शाह, रामचन्द्र झा, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, प्रल्हाद बुढाथोकी, परशुराम तामाङ, सुनील मानन्धर, पासाङ शेर्पा, सुरेन्द्रकुमार कार्की, जोखबहादुर महरा, नारायणप्रसाद दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालिबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, टंक आङवुहाङ, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, अन्जना बिसंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल पूर्वमाओवादीको भागमा परेको ६६ जनाको पोलिटब्युरोमा अटाउने सम्भवना छ ।
पूर्वमाओवादीमा नारायणकाजी श्रेष्ठ, बादल, देवेन्द्र पौडेल र नेकपा संयुक्तबाट एकीकरणमा आउने समूहसमेत समेट्नुपर्ने बाध्यताका कारण प्रचण्डले असहज महसुस गरेका छन् ।
वरियतासँगै अध्यक्ष प्रचण्ड जनयुद्धका वेलाका ९५ सदस्यीय केन्द्रीय सदस्यमध्येबाटै पोलिटब्युरो सदस्य छान्नुपर्ने दबाबमा रहेको निकट स्रोत बताउँछ । बादल समूहबाट उनीनिकट नेता सुरेश आलेमगर, महेश्वर दाहाल, अमृता थापा, सूर्यप्रकाश सुवेदी ‘पथिक’, मायाप्रसाद शर्मा वरियतामा पछि रहे पनि गुट भागबन्डाको सन्तुलन मिलाउन समेट्नैपर्ने दबाब छ ।

पुराना वाम नेता नन्दकुमार प्रसाईं, पूर्वसभामुख ओनसरी घर्ती, कमल चौलागाईंलाई पनि समेट्नैपर्ने दबाबका कारण प्रचण्डमाथि वरियता मिचेरै भए पनि पूर्वमाओवादी समूहबाट सूची छान्नुपर्ने दबाब छ । पूर्वमाओवादीको सचिवालयमा रहेका नेताबाट वरियताका आधारमा छान्दा सहज देखिए पनि नारायणकाजी श्रेष्ठ समूह, रामबहादुर थापा ‘बादल’ समूह, नयाँ शक्तिबाट एकीकरणमा आएको देवेन्द्र पौडेलको समूह, नेकपा संयुक्तबाट एकीकरणमा आएको समूहलगायतलाई समेट्नुपर्ने पूर्वमाओवादीको बाध्यता छ ।

पूर्वमाओवादी समूहबाट वरियता मिचेरै केही नेता नेकपाको स्थायी समिति सदस्यमा सिफारिस भएकाले वरियतामा अघि रहेका पनि पोलिटब्युरोको दौडधुपमा लागेका छन् । पूर्वमाओवादी समूहका केही सचिवालय सदस्य जिल्ला अध्यक्ष र सचिवमा समेत चुनिएका छन् ।कम संख्यामा धेरै नेता समेट्नुपर्ने बाध्यताका कारण पोलिटब्युरो सदस्य चयनमा पूर्वएमालेभन्दा पूर्व माओवादीमा बढी सकस पर्ने देखिन्छ । तर, केही हप्ताभित्रै पोलिटब्यूरोको घोषणा तयारी भइरहेको छ ।

 

 

बिहि, बैशाख १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस