खुलामञ्चमा घन्किए नारा: ७२ को भूकम्प बिर्सियौ होला, बासस्थान जति माफियाको फेला !

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुलामञ्च अतिक्रमण गरिएपछि स्थानीय सर्वसाधारण र सम्पदा संरक्षणका अभियान्ता आन्दोलित बनेका छन् । उनीहरुले बिहीबार खुलामञ्चमा नै उपस्थित भएर खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले ‘खुला मञ्चलाई खुला राखौं’ अभियान सुरु गरेका छन् ।

 

प्रदर्शनमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानदेखि नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईसमेत सहभागी थिइन् ।बिहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले त्यहाँ बनाएका सटरहरू पनि बन्द गराएका थिए।

खुला मञ्च खुला गर्न काठमाडौं महानगरपालिकासँग माग गर्दै उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्। उनले जनताबाट निर्वाचित निकाय काठमाडौं महानगरपालिकाले समेत कमिशनमा खुला मञ्च अतिक्रमणमा सघाउ पुर्‍याएपछि स्थानीय जनता त्यसको विरोधमा स्वःस्तफूर्त सहभागी भएको पनि स्पष्ट पारेको छ।

 

 

बिहि, बैशाख १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस