पोल्याण्डका नागिरक त्रिभुबन विमानस्थलमा हतियार सहित पक्राउ परेपछि….

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कतार एयरको उडानद्वारा काठमाडौँ आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ पक्राउ परेका छन् ।

उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।

पक्राउ परेका पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

 

 

बिहि, बैशाख १२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस