कुलेन्द्र बिश्वकर्मा र मेलिना राइको आवाजमा सर्जक मुकुन्द पौडेलको दश तले घर सार्वजनिक

कामको शिल शिलामा कोरियामा रहेक प्रतिभाशाली सर्जक मुकुन्द पौडेलको निकै उत्कृष्ट गीत दश तले घर भर्खर मात्र सार्बजनिक भएको छ ।

पछिल्लो समयका निकै चर्चित गायक आवाज रहेको रोइला गित सार्बजनिक भएको छोटो समयमै चर्चामा छ । माया प्रेमलाइ विषय बनाइ लेखिएको सो गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको छ ।

यस अगाडी पनि निकै लोकप्रिय गीतहरु लेखिसकेका पौडेलले यो गीतबाट आफुले धेरै आसा गरेको बताउनु भयो । निकै सम्भावना भएका र उत्कृष्ट शब्द र लय सिर्जना गर्न सक्ने क्षमता भएका पौडेललाई सबैले सम्भावना भएका सर्जकको रुपमा लिने गरेका छन ।

गीतका गायक कुलेन्द्र विश्वकर्माले पनि गीत आफुलाई अत्यन्तै मन परेको बताउदै गीतलाई दर्शक स्रोताको माया मिल्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

अञ्जली अधिकार र सुनिल लामिछानेको दमदार अभिनय रहेको सो गीतमा एक्सन कट भने पछिल्लो समयकी निकै चर्चित लोकप्रिय निर्देशक स्मृति तिमिल्सीनाले गरेकी छन । सुरेश श्रेष्ठले खिचेको सो गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने गोर्खा चौतारीले बजार ब्यवस्थापन गरेको छ ।

सो गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

आइत, बैशाख १५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस