अस्पतालको बेडबाट नायिका स्वेता खडकाले भनिन मलाई जिन्दगीले फेरी अर्को धोका दियो !

मेरो दोस्रो जिवन । जिवनले फेरी एक पटक म सँग खेल खेलेको छ । भनिन्छ, जीवन धेरै अनिश्चित छ र यो सत्य हो । तपाईलाई कहिल्यै थाहा नहुन सक्छ, योजनाहरू र आशाहरू केवल सेकेण्डमा विनाश हुन सक्छन् ।यो कुरा भन्नुपर्दा निकै दुःखी छु, म मेरो नयाँ प्रोजेक्ट हेल्लो जिन्दगीमा काम गर्न नसक्ने भएकी छु । जुन चलचित्र भर्खरै मैले सुरु गरेकी थिए । केहि दिन अघि म लण्डन पुगेकी थिएँ, त्यतिबेला मेरो गर्दन र चिउडो एरियामा निकै दुःखाइ भैरहेको थियो । त्यसपछि मैले तुरुन्तै डाक्टरहरुसँग परामर्श गरेँ । उनीहरुले भने, ‘यो ट्युमर हो र यसको अप्रेसन गर्नुपर्छ तर धेरै ठुलो समस्या भने होइन ।’ यो केहि महिनापछि पनि हटाउन सकिन्छ भनेर उनिहरुले सल्लाह दिए ।

चलचित्र हेल्लो जिन्दगीको सुटिङ भैरहेको थियो, केहि दिनपछि मलाई असह्य पिडा भयो, ज्वरोले समात्यो । अर्को नयाँ चलचित्रमा काम गर्ने भएपछि निकै उत्साह थियो । यो चलचित्रबाट मैले अर्को पटक मैले अडियन्सहरुलाई देखाउनेछु । तर स्वास्थ्य अवस्थाका कारण बर्बाद भयो ।जव मेरो पिडा बढ्दै गयो, त्यसपछि डाक्टरहरूले सकेसम्म चाँडै अप्रेसन गर्न सल्लाह दिए । र, म त्यस क्षणमा मेरो मनमा निकै सन्नाटा छाएको थियो । म एउटा ठुलो सपनाका बोकेर लन्डनमा पुगेकी थिएँ, जहाँ मैले मनैदेखी काम गर्नेछु । तर मेरो त्यो सपना खेर गएको छ ।त्यसपछि मलाई तुरुन्तै दिल्ली लगियो, जहाँ डा सुरेन्द्र कुमार दब्बासले अप्रेसन गरे । नेपालका डा. पंकजले सबै व्यवस्था गरे । र, मेरो शल्यक्रिया सफल भयो ।

अब, यो घटनाले मलाई सिकाउँछ कि जीवन दुर्भाग्यपूर्ण छ । हामी कसैलाई कहिल्यै थाहा छैन कि हामीलाई कतिबेला के हुन सक्छ र जीवनले हामीलाई कहाँ कुन अवस्थामा पुराउँछ ।मेरो आदरणीय हेल्लो जिन्दगी चलचित्र टिमप्रती माफी माग्न चाहन्छु कि मेरो स्वास्थ्य समस्याको कारण मैले यो चलचित्रमा काम गर्न नसक्ने भएकी छु । धन्यवाद विएलके अस्पताल तथा एसके दब्बास टिमको सम्पुर्ण टोली ।

मैले अझै अर्को डरलाग्दो स्थिति जितेँ।

स्वेता खड्काले उक्त चलचित्रमा काम गर्न नसक्ने भएपछि चलचित्र हेल्लो जिन्दगीको सुटिङ तत्काल रोकिएको छ । लण्डनमा सुटिङ भैरहेको चलचित्र टिमले तत्कालै कसरी अगाडी बढ्ने भन्ने बिषयमा निर्णय लिन सकेको छैन । स्वेता खड्का स्वयंले अस्पतालको बेडबाट यो चलचित्रमा काम गर्न नसक्ने निराशा व्यक्त गरेपछि अब स्वेताको स्थानमा निर्माण टिमले नयाँ हिरोइन भित्राउनुपर्नेछ । ठुलो लगानीमा महंगो स्थानमा छायाँकन भैरहेको टिमले केहि दिनमै एउटा निर्णय लिने बताइएको छ ।

सोम, बैशाख १६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस