टुडिखेलमा भारतीय चलचित्र चल्न नदिने माओबादी नेता सत्तामा हुँदा भारतीयलाई नेपाली नागरिकता बाड्न थाले (भिडियो) !

 

बैशाख १९ काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टुडिखेलमा भारतीय फिल्म समेत चल्न नदिने माओबादीका नेताले अहिले भारतीय नागरिकलाई नेपालको नागरिकता दिलाएर राज्यका प्रमुख अंगमा सुम्पने खेल गरेको  आरोप लगाएका छन् ।

सुनौलो नेपालसंग कुराकानी गर्दै केसीले भने ”हिजो भारतसंग सुरुंग युद्ध घोषणा गरेका नेता अहिले मन्त्रिपरिषदमा महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मौका पाउँदा अंगिकृत नागरिकलाई बंशज नागरिकता दिलाउने गरि परिपत्र वितरण  गर्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।

साथै राष्ट्रपतिको भ्रमणको क्रममा पारबहन सम्झौतामा सहमति हुनु सकरात्मक भएको र त्यसलाई कार्यान्वयनको चरणमा लैजान जनताको व्यापक दबाब दिनु पर्ने बताएका छन् ।

हेर्नुहोस पुर्व उपप्रधानमन्त्री केसीसंग गरीएको कुराकानी भिडियो

बिहि, बैशाख १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस