बलेवा सेवा समाज जापानको सर्जक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

सुनौलो नेपाल – बलेवा सेवा समाज जापानको सर्जक सँगको भेटघाट साथै सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

जापानमा हालै सम्पन साहित्य समाज जापान च्याप्टरको ५० औं स्वर्ण शृंखलामा सहभागी हुन जापान आउनु भएका बाग्लुङ्ग बलेवाका साहित्यिक सर्जक एवं आख्यानकार बलेवाली मीनराज बसन्तलाई बलेवा सेवा समाज जापानले भेटघाट कार्यक्रमको आयोजना गरि उहाँलाई स्वागत-सम्मानका साथै मायाको चिनो प्रदान गरेको थियो।

भेटघाट कार्यक्रमको प्रमुख अतिथि रहनु भएका मीनराज बसन्तले आफ्नो परिचय सहित आफुले सृजना गरेका प्रकाशित उपन्यासहरु मुदीर र पिपिरिको बारेमा छोटो र मिठो रुपमा जानाकारी गराउनु भएको थियो।

त्यस्तै गरेर आजको कार्यक्रममा अनेसासका अध्यक्ष एवं बलेवा सेवा समाज जापानका सल्लाहकार दीप पाठकले स्वागत मन्तब्य, बलेवा सेवा समाज जापानका उपाध्यक्ष रामु चपाई ले भेटघाट कार्यक्रमको औचित्य माथि प्रकास पार्नु भएको थियो ।

साथै मन्तब्यकै क्रममा संस्थाका सदस्य एलपी शर्माले लगायत उपस्थित सबै जनाले पालो पालो गरि प्रमुख अतिथि बसन्त लाई थप प्रगतिको शुभकामना प्रदान गरेका थिए । आजको भेटघाट कार्यक्रमको औपचारिक कार्यक्रम सकिएपछि डिनर कार्यक्रम शुरु भएको थियो । डिनर कार्यक्रम सँगसँगै प्रमुख अतिथि मीनराज बसन्त, अनेसासका अध्यक्ष दीप पाठक र बलेवा सेवा समाज जापानका अध्यक्ष ज्यूबाट आफ्ना रचनाहरु मध्यबाट कविता, गजल सुनाएर बाताबरण साहित्यमय पारिएको थियो।

कार्यक्रमको सभापतित्त्व संस्थाका अध्यक्ष सेबक पिसी ज्यूबाट र कार्यक्रम संचालन महासचिब टिकाराम रिजाल (बिमल ) ज्यु बाट भएको थियो ! कार्यक्रम किता सिंज़ु मा अवस्थित साकुरा इन्दीयन रेस्टुरेंट को हल मा भएको थियो अन्त्यमा मनोरंजन स्वरूप नाचगान गर्दै आजको कार्यक्रम लाई भब्य र शभ्य रुपमा सम्पन्न गरि उपस्थित बलेवालिहरु बिदाई भएका थिए।

शुक्र, बैशाख २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस