प्रधानमन्त्री ओलीलाई चित्र बहादुर केसीको सुझाव सी जिङ् पिङ्ले झैँ पार्टीका भ्रष्टहरुबाट कारबाही थाल्नुस (भिडियो सहित)

बैशाख १९ काठमाडौं, पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ कम्युनिष्ट पार्टीले झैँ प्रधानमन्त्री ओलीले पनि पहिले पार्टी भित्रकै भ्रष्टहरुलाई कारबाही गर्न सुझाव दिएका छन्।

चिनियाँ राष्ट्रपति सी जिङ् पिङ्ले १० हजार पार्टी भित्रकै भ्रष्टलाई कारबाही गरेर बाहिर गएको उदाहरण दिदै उनले भने पहिले पार्टी भित्रकालाई कारबाही गर्दा अरु थर्कमान भए त्यसैले नेपालमा पनि त्यसरी नै जाउनुपर्ने उनको सुझाव छ।

सुनौलो नेपालसंग बिशेष कुराकानी गर्दै उनले तत्कालिन माओबादिले टुडिखेलमा भारतीय फिल्म समेत चल्न नदिने  भारतीय ट्रक जहाँ भेट्यो त्यहि हान्ने माओबादि नेताहरु अहिले सत्तामा पुग्दा तिनै भारतियका सन्तानलाई बंशजको नागरिकता दिलाएर राज्यका प्रमुख अंगमा सुम्पने खेल  थालेको आरोप  लगाए ।

केसीले भने ”हिजो भारतसंग सुरुंग युद्ध घोषणा गरेका नेता अहिले मन्त्रिपरिषदमा महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मौका पाउँदा अंगिकृत नागरिकलाई बंशज नागरिकता दिलाउने गरि परिपत्र वितरण  गर्नु दुर्भाग्यपूर्ण रहेको  उनको  भनाई छ ।

साथै राष्ट्रपतिको भ्रमणको क्रममा पारबहन सम्झौतामा सहमति हुनु सकरात्मक भएको र त्यसलाई कार्यान्वयनको चरणमा लैजान जनताको व्यापक दबाब दिनु पर्ने बताएका छन् ।

हेर्नुहोस पुर्वउपप्रधानमन्त्री केसीसंग सुनौलो नेपाका लागी गरीएको कुराकानी भिडियो

शुक्र, बैशाख २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस