तिमीलाई माया गर्ने मान्छे बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

काठमाडौँ । नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे बोलको गीतको म्यूजिक भिडियो शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक भिडियोको निर्देशन सञ्चारकर्मी सन्दीप भट्टले गरेका छन ।
सन्तोष सुनारले छायंकन गरेको सो गीतको म्यूजिक भिडियोमा सुमन ढकाल, अस्मिता काफ्ले तथा बालकलाकार राजन सुनार र कृतिका अधिकारीले अभिनय गरेका छन । गीतको छायंकन नवलपरासीका विभिन्न स्थानमा गरिएको थियो ।

हेर्नुहोस सो गीतको म्युजिक भिडीयो

शनि, बैशाख २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस