नेकपा(मसाल) को आठौं महाधिवेशन र मोहन बिक्रमसिंहको फुटपरस्त अभियान !

नेकपा(मसाल) को आठौं महाधिवेशन नेपालको क्रान्तिकारी आन्दोलनको लागि एउटा एतिहासिक महाधिवेशन बनोस भन्ने क्रान्तिकारी कार्यकर्ताको चाहनामा करिब करिब कालो बादल मडारिएको छ । त्यसमा थप त यो खतरा भएको छ कि नेकपा(मसाल) को आठौं महाधिवेशन कतै मोहन बिक्रमको फुटपरस्त अभियानमा बदलिने त होइन !? आफुले भने जस्तो भएन भने अनेकौ शब्दजाल भित्र खेल्ने मसाल महामन्त्री मोहन बिक्रमले महाधिवेशनको लागि तयार पारेको दस्तावेज तथा फोरमहरुमा प्रकट गरेको विचारहरुले मोहन बिक्रमको फुटपरस्त अभियानमा मसालको आठौं महाधिवेशन बदलिन सक्ने खतरा रहेको छ ।

मसाल भित्र चलेको दुई लाइन सघर्षको कारणले होइन कि मोहन बिक्रमले तयार पारेको दक्षिणपन्थी कार्यदिशा, त्यो कार्यदिशालाई पारित गराउन गरेको सस्थागत गुटबन्दी, महाधिवेशनको लागि एकलौटी ढङ्गबाट छनोट गरिएका प्रतिनिधि तथा मोहन बिक्रमले सदवाहर रुपमा प्रयोग गर्दै आएको फुटपरस्त गतिविधिको कारण मसालमा त्यो समस्या देखिएको छ । तर मोहन बिक्रम पार्टी फुटाउन सफल हुने सम्भावना भने कम नै देखिन्छ । अल्पमत पक्षले अनुशाशित ढङ्गले दुई लाइन सघर्ष चलाइरहेको अवस्थामा अल्पमत पक्षलाई मोहन बिक्रमले प्राविधिक हिसाबले जिम्मेवारी बिहिन बनाउन सक्नेछन तर पार्टीबाट पुरै हटाउन सक्नेछैनन । महाधिवेशनको अवधी शुरु भएदेखी मोहन बिक्रमले फैलाएको भ्रम र फुटपरस्त कारवाही अभियानको सामना गरेका अल्पमत पक्षका कोहि पनि नेता कर्यकर्ताले अहिलेसम्म पार्टी छाडेर गएका छैनन, पार्टीमा झन सक्रिय, जुझारु र मिलिटेन्ट भएर लागेका छन । यो आलेखमा मोहन बिक्रमले आठौं महाधिवेशनलाई कसरी आफ्नो फुटपरस्त अभियानको निरन्तरता दिदैछन ? त्यसको चर्चा गर्न चाहन्छु ।

नेकपा(मसाल) को आठौं महाधिवेशनको लागि प्रस्तावित बहुमत पक्षको मस्यौदा दस्तावेजको ४५ नम्बर पेजमा अल्पमत पक्षका विरुद्ध “सङ्गठनात्मक प्रकारले पनि कडा र निर्मम सघर्ष” चलाउनु पर्ने बताएको वहुमत पक्षले महाधिवेशनपुर्व भएका जिल्ला सम्मेलनहरुमा विधि र पद्धतिको समेत ठाडो उलंघन गरेर, सस्थागत गुटबन्दी गरेर, पार्टी सदस्यहरुको अधिकारलाई पुरै धुलिसात पारेर, पुरै केन्द्रियता लागू गरेर जिल्ला सम्मेलनहरु गरियो । अल्पमत पक्षलाई जिम्मेवार विहिन बनाउने काम मात्र भएको छैन, उनिहरुलाई अपमान समेत गरिएको छ ।

त्यसरी जिल्ला सम्मेलनहरुमा पार्टी सदस्यहरुको स्वतन्त्र मत राख्न पाउन पाउने जनवादी अधिकारलाई पुरै निस्तेज पार्दै जिल्ला सम्मेलन पुर्व अल्पमत पक्षले पार्टी फुटाउदैछ भन्ने गलत प्रचार गरेर बहुमत पक्षको बहुमत बनाउने काम गरियो । त्यो सङ्गसङ्गै कैयौं जिल्लामा जिल्ला सम्मेलनमा आएका प्रतिनिधिहरुलाई जिल्ला समितिमा निर्वाचित हुन पाउने अधिकारलाई पुरै वन्चित गरियो । कैयौं जिल्लामा जिल्ला सम्मेलनहरु अनिश्चित कालको लागि रोकेर बहुमत पक्षले जित्ने अवस्था आए पछि मात्र जिल्ला सम्मेलनहरु गरियो । जिल्ला सम्मेलनका दौरानमा कतिपय जिल्लाहरूमा खुल्ला मतादान (हात उठाएर) त कतिपय जिल्लामा गोप्य मतदान गरेर मतादन सम्बन्धमा दोहोरो चरित्र तरिका अपनाइयो । त्यो सङ्गै अल्पमत पक्षले जित्ने जिल्लाहरुलाई बहुमत पक्षको जितमा बदल्नको लागि थोरै प्रतिनिधिहरुका माझमा जिल्ला सम्मेलन गरेर पार्टी सदस्यहरुको महाधिवेशनमा सहभागी हुन पाउने, चुनिन चुन्न पाउने अधिकारबाट बन्चित गरियो । कतिपय जिल्लामा अल्पमत पक्षका कामरेडहरुलाई कारवाही गरेर बहुमत पक्षको बहुमत पुर्‍याउने काम भयो । यो स्पष्टत: बहुमत पक्षको (विषेश गरेर मोहन बिक्रमको) पार्टी फुटपरस्त कारवाही थियो ।

जिल्ला सम्मेलन गर्नको लागि पार्टी केन्द्रीय समितिबाट मिति समेत किटान भएका जिल्लाहरु जहाँ बहुमत पक्षले जति षड्यन्त्र गरे पनि आफ्नो बहुमत हुने स्थिती देखेन, ती जिल्लाहरुका पार्टी सदस्यहरुलाई अन्यत्र सरुवा गरेर ती जिल्लाहरुका पार्टी सदस्यहरुको आफ्नो महाधिवेशन प्रतिनिधि आफै छनोट गर्न पाउने अधिकारबाट पुरै वन्चित मात्र गरिएन, जनवादी केन्द्रीयतालाई पनि पुरै रद्दीको टोकरीमा मिल्काइयो । बहुमत इतर विचार राख्ने पार्टी सदस्यहरुलाई जिम्मेवारीबाट हटाउदै लगियो । कारवाही गरेर हटाइयो ।

पार्टी महाधिवेशनको दौरानमा बहुमत पक्षका जिम्मेवार कामरेडहरुले गरेका गम्भीर गल्तिहरुलाई आलोचनाको नाममा ढाकछोप गरियो भने अल्पमत पक्षका कमरेडहरुले गर्दै नगरेको काममा कृतिम उजुरी गर्न लगाएर कारवाही अभियान चलाइयो । पार्टी महामन्त्रीको शाही आदेशमा पार्टी कार्यकर्ताहरुमा भय सृजना गर्दै निरन्तर चलाएको कारवाही अभियानले आठौं महाधिवेशनमा वैचारिक, इमान्दार र सक्रिय कार्यकर्ताको प्रतिनिधित्वलाई लगभग पुरै बन्धेज गरिएको छ । यो नेकपा(मसाल) को गौरवपुर्ण ईतिहास माथीको भद्दा मजाक मात्र होइन, पार्टी महामन्त्रीको दक्षिणपन्थी यात्राको छलाङ हो । क्रान्तिकारी विचार र क्रान्तिकारी नेता कार्यकर्ता माथिको प्रतिबन्ध पनि हो।

जिल्ला सम्मेलन सम्पन्न भए पश्चात अनेकौं षड्यन्त्र गरेर निर्वाचित बहुमत पक्षको नेतृत्व र बहुमत पक्षले अल्पमत पक्षका कमरेडहरुलाई पार्टी महाधिवेशनमा जान बाट रोक्ने काम गरेका छन । पार्टीको सङठन निर्माण तथा परिचालनमा सक्रिय,
जुझारु, मिलिटेन्ट कमरेडहरुलाई अल्पमत पक्षमा विचार प्रकट गरेकै आधारमा महाधिवेशन प्रतिनिधि हुनबाट रोक्ने र महाधिवेशनमा प्राविधिक बहुमत पुराएर महाधिवेशन जित्ने र त्यसलाई जनवादी केन्द्रीयताको अभ्यास बताउनको लागि महाधिवेशन प्रतिनिधि छनोटमा बहुमत पक्षले देखाएको नाङ्गो नाटकले अब नेकपा(मसाल) मा विचार स्वतन्त्रता छैन भन्ने कुरा बुझ्ह कुनै गार्हो पर्दैन ।

पार्टी, आन्दोलन र क्रान्तिको लागि निरन्तर खट्दै आएका नेता कार्यकर्ताहरुलाई महाधिवेशन प्रतिनिधि छनोट नगरिकन जो पार्टी महाधिवेशन आउने दिनसम्म घरमा बस्ने, पार्टी काम नगर्ने तर बहुमत पक्षलाई समर्थन गर्ने छन उनिहरुलाई महाधिवेशन प्रतिनिधि बनाएर नेकपा(मसाल) को आठौं महाधिवेशनले क्रान्तिकारी कार्यदिशा लिन सक्ने अवस्था छैन । नेकपा परस्त दक्षिणपन्थी दिशा नै नेकपा(मसाल) को आठौं महाधिवेशनको घोषित कार्यदिशा हुनेछ । परिवारवाद, दक्षिणपन्थी सुधारवादमा फसिसकेको नेकपा(मसाल) नेतृत्व, त्यो नेतृत्वले लिएको दक्षिणपन्थी कार्यदिशा र स्वयम् त्यही नेतृत्वको रक्षाकवच भित्र हुर्कदै आएको जडशुत्रवादी समुहले अब नेकपा(मसाल) को विगतको गौरवशाली इतिहासलाई एउटा इतिहासको पानमा मात्र सिमित गर्नेछ । त्यो नै नेकपा(मसाल)का क्रान्तिकारी तह र तप्काको लागि सबै भन्दा दु:खद विषय हो ।
अल्पमत पक्षमा देखिएको धैर्यता, पार्टी, क्रान्तिप्रतिको आस्था र निष्ठाको कारण आठौं महाधिवेशन पुर्व नेकपा(मसाल) फुटबाट जोगिएको छ । अल्पमत पक्षलाई बहुमत पक्षले पार्टी फुटाउनको लागि लिएको फरक मत भनेर जुन आरोप लगाएको थियो, त्यो पुरै गलत साबित भएको छ ।

नेकपा(मसाल) आठौं महाधिवेशनको लागि अल्पमत पक्षले अगाडि सारेको दस्तावेज नेपालको नयाँ जनवादी क्रान्तिलाई शिरमा राखेर देशको वस्तुगत अवस्थासङ्ग मेल खाने दस्तावेज भएकोमा कुनै शंका रहन्न । आज बहुमत पक्षले आफ्नो दक्षिणपन्थी यात्रालाई निरन्तरता दिनको लागि अल्पमत पक्षलाई लगाएको आरोप पानी फोका जस्तै भएको छ । मस्यौदा दस्तावेज देखि दोश्रो फोरमसम्म बहुमत पक्षका कामरेडहरुले प्रस्तुत गरेका विचारहरुलाई विश्लेषण गर्ने हो भने स्वयम् बहुमत पक्ष नै फुटपरस्त गतिविधीमा लागेकोमा अब मतमतान्तर हुनु पर्ने आवस्यकता छैन ।

पार्टी महाधिवेशनको लागि प्रकाशित दोश्रो फोरममा पार्टी हेडक्वाटरले के कसरी आर्थिक हिनामिना गरेको छ ? महामन्त्रीको निर्देशनमा नै कतिसम्मको आर्थिक अनियमितता भएको छ भन्ने कुरा दिनको घाम झै छर्लङ्ग छ । अल्पमत पक्षले पार्टीलाई क्रान्तिकारी विचार र व्यवहारमा लैजान गरेको पर्यत्नलाई महामन्त्री मोहन बिक्रमले ‘रअ’ सङ्गको कनेक्सनको कथित आरोप लगाएर आफ्नो वैचारिक स्खलन, आर्थिक अनियमिततालाई ढाकछोप गरिरहेका छन । मोहन बिक्रममा वैचारिक स्खलन मात्र देखिएको छैन, सम्भवत ‘रअ’ सङ्गको कनेक्सन पनि हुन सक्ने सम्भावना रहेको छ । मोहन बिक्रम पत्नी दुर्गा पौडेल(जो पार्टी सिसिएम र जनमोर्चाको एक मात्र सासद समेत हुन) सिआइडी, तस्करहरुसङ्ग मिलेर अवैधानिक मानव वेचबिखनमा सङ्गलग्न हुन, जसलाई महामन्त्रीले नै बचाउ गरिराखेका छन, कतै त्यही त ‘रअ’ कनेक्सन छैन!? यो गम्भीर प्रश्नको जवाफ महामन्त्रीले दिनुपर्छ । यसरी महामन्त्रीको स्खलन प्रती आँखा चिम्ल्ने कि त्यसको प्रतिरोध गरेर पार्टीलाई क्रान्तिकारी, अनुशाशित र मिलिटेन्ट बनाउने? त्यो आठौं महाधिवेशनमा आउने प्रतिनिधिहरुको जिम्मामा छ ।

अन्तमा, नेकपा(मसाल) आठौं महाधिवेशनमा आउने प्रतिनिधिहरुले गम्भीर भएर नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्यलाई नसोचिकन मोहन बिक्रमको दक्षिणपन्थी यात्रालाई लालमोहर लगाए भने नेकपा(मसाल) को आजसम्मको क्रान्तिकारी छबि स्थगित हुनेछ । त्यसमा अल्पमत पक्षले आफ्नो वैचारिक धारलाइ स्पातिलो बनाउदै नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन विचारधारात्मक सघर्ष सङ्गसङ्गै तत्कालीक राजनितिक कार्यदिशा र सङ्गठनात्मक प्रश्नमा बहुमत पक्षसङ्ग सम्झौताहिन सघर्षको झण्डा उठाउनुपर्नेछ । मोहन बिक्रमको फुटपरस्त अभियानलाई ब्रेक लगाउदै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको उज्ज्वल भविष्यको लागि थप जुझारु सघर्षको झण्डोतलन गर्नुपर्दछ ।

 

 

आइत, बैशाख २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस